इराकमा भइरहेको आन्दोलनमा हालसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष ५ गते।

इराकमा भइरहेको आन्दोलनमा हालसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको छ ।
अक्टोबरको शुरुदेखि भएको आन्दोलनमा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाए ।‘ह्युम्यान राईट्स वाचडग’ले शुक्रबार दिएको जानकारीअनुसार आन्दोलनका क्रममा भएका झडप भागदौड आदीका कारण उनीहरुको मृत्यु भएको हो ।इराकी मानवअधिकार सम्वन्धी स्वतन्त्र उच्च आयोगका सदस्य अलि अल बैयातीले प्रदर्शनहरुमा २ हजार ८ सय ७ पक्राउ परेका बताए । ती मध्ये अझै पनि १ सय ७ जना हिरासतमा रहेका बैयातीले जानकारी दिए ।अपरिचित बन्दुकधारीहरुले आमनागरिक र आन्दोलनकारी गरी कुल ४८ जनालाई अपहरण गरेका उनले बताएका छन् । इराकमा हत्या र अपहरण जस्ता घटना पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । सरकार तथा भ्रष्टाचार विरोधी आन्दोलनमा सहभागी भएकाहरु, नागरिक अगुवाहरुलाई अपहरण गर्ने गरेको पाइएको उच्च आयोगका सदस्य बैयातीको भनाई छ ।आयोगले बग्दाद र अन्य सहरहरुमा हत्या तथा अपहरणका घटना बढ्दै जानसक्ने भन्दै नागरिक अगुवा, आन्दोलनकारी र सर्वसाधारणलाई सचेतसमेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *