अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, पौष ५ गते।
इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बोडिङ स्कुलको गाडी दुर्घट्नामा परेको छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको गाडी भित्तामा ठोकिदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए ।
दुर्घटनामा परेर विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान , चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । बनभोज हिडेको बस एक्कासी ब्रेक फेल भए पछि चालकले भित्तामा बस हानेर यात्रु जोगाउन सफल भएको हो ।