सप्तरीमा आजदेखि ३ दिनका लागि विद्यालय बन्द

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता, पौष ६ गते।

तराईमा अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केहि दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सदरमुकाम राजविराजले पुस ६ गते आईतबारदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शैक्षिक क्यालेण्डरमा जाडो विदा प्रयोजनका लागि छुट्टयाइएको ६ दिन विदामध्ये हाललाई तीन दिने विदा दिने निर्णय गरिएको नगर प्रमुख शम्भु यादवले अनलाईन न्युजपाटीलाई बताए । यसअघि सप्तकोशी नगरपालिकाकाले पाँच दिनका लागि नगरभित्रका विद्यालयहरुमा पाँच दिनका लागि विदा दिइसकेको छ । बिहीबारदेखि नै सप्तकोशी नगरपालिकाको शिक्षा समितिले पाँच दिनका लागि विद्यालयमा विदा दिएको छ । यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाले जाडोका कारण बिहीबार र शुक्रबार विद्यालयहरुमा विदा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *