सरकारी करोडौं रुपैयाँ खर्च गरि कर्मचारीको मौज गर्ने स्थान बनेको सीप विकास तालिम केन्द्र इटहरी

अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, पौष ६ गते।

सरकारले करोडौं रुपैयाँ लगानी गरेर सीप मूलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालय नामै मात्रको छ । देशको बेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले स्थापना भएको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँग सीप सिकेका युवायुवतीहरूको तथ्याङ्कसम्म सो कार्यालयमा छैन । कार्यालयका कर्मचारीले हालसम्म कसले र कति जनाले सीप सिके भन्ने तथ्याङ्कसमेत राख्न सकेका छैनन् ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीका सूचना अधिकारी सन्दीप राणाले पुराना कर्मचारीहरू नभएका कारण कार्यालयसँग तथ्याङ्क नभएको बताए । ‘अघिल्लो वर्षकोसम्म तथ्याङ्क कार्यालयमा छैन’ उनले भने, ‘हामी पनि भर्खरै आएका हौं, सीप सिकेकाहरूको तथ्याङ्क नहुँदा हामी पनि अल्मलिएका छौं ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने उद्देश्य राखेको कार्यालय अहिले सुस्ताएको छ । तर सूचना अधिकारी राणाले भने यो वर्षबाट भने तथ्याङ्कको अपडेट गर्दै जाने बताए । दक्ष जनशक्तिको तथ्याङ्क कार्यालयमा नहुनु निराशाजनक भएको उनी आफै स्वीकार्छन् । त्यति मात्र कहाँ हो व्यावसायिक सीप विकास प्रतिष्ठानका कार्यालय प्रमुख अधिकांश समय कार्यालयमा बस्दैनन् । केही समयअगाडि आएका कार्यकारी निर्देशक धर्मेन्द्रप्रसाद धमला कार्यालयमा धेरै समय बस्दैनन् ।कर्मचारीहरू आउने र हाजिर गरेर तलब पकाउने कामबाहेक अरू केही उपलब्धि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *