अमरावती सामुदायिक वन कैलालीले मिलेमतोमा काठको ठेक्का दिन खोजेको आरोप

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष ६ गते।

कैलालीको जानकी गाउँपालिकामा रहेको अमरावती सामुदायिक वनले ठेकेदारसंग मिलेमतोमा काठको ठेक्का दिन खोजेको आरोप लागेको छ। सामुदायिक वनले काठ वितरण सम्बन्धीको सार्वजनिक सूचनालाई गुपचुपमा राखेर मिलेमतोमा निकटका ठेकेदारलाई ठेक्का दिदै अनियमितता गर्न खोजेको आरोप लागेको हो।

जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीले सामुदायिक वनले ठेकेदारलाई मोटाउन गुपचुपमा ठेक्का लगाउन खोजेको आरोप लगाए। उनले मंसिर १६ मा जारी गरिएको सार्वजनिक सूचनालाई सामुदायिक वनले पुष ३ गते मात्र गाउँपालिका कार्यालयमा सूचना टाँस गरिएको भन्दै मिलेमतोमा ठेक्का पार्न खोजिएको बताए।

वनले आम उपभोक्तालाई सूचनाको हकबाट वञ्चित गराई गुपचुपमा ठेक्का लगाउन खोजेको भण्डारीको आरोप रहेको छ। त्यसमा डिभिजन वन कार्यालय पहलमानपुर र सव डिभिजन वन कार्यालय लम्कीको समेत मिलेमतो रहेको आशंका गरिएको छ। अध्यक्ष भण्डारी सामुदायिक वनले सूचना लुकाएको विषयमा जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको बताए।

उक्त विषयमा बुझ्न खोज्दा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वन अधिकृत कृष्ण भट्ट र सव डिभिजन वन कार्यालय प्रमुख वन अधिकृत सोमलाल घलान सम्पर्कमा आएनन् भने सामुदायिक वनका अध्यक्ष कमलबहादुर शाह पनि सम्पर्कमा आएनन्। तर उक्त सामुदायिक वनमा काठको चोरी तस्करीमा संलग्न व्यक्तिहरुलाई पनि गुपचुपमै छोडिएको आरोप समेत लागेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *