क्यान्सर रोगबाट पीडित महिला कैदीको चितवन कारागारमा मृत्यु

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, पौष ६ गते।

चितवन जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । सुर्खेत गुभाकोट नगरपालिका ४ की ३३ बर्षिय तुलसी दमाईको मृत्यु भएको कारागारले जनाएको छ । दमाई क्यान्सर पीडित रहेकी थिइन । उनलाई सुर्खेत कारागारबाट उपचारका लागी जेठमा चितवन ल्याइएको थियो ।

दमाईको उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमल प्रसाद काफ्लेले अनलाईन न्युजपाटीलाई बताउनुभयो । उनिविरुद्ध लागु औषद मुद्धामा २०७४ साल माघ १० गते ३ वर्षको कैद सजाय भएको थियो । कारागारका अनुसार उनले २ वर्ष कैद भुक्तान गरीसकेकी थिइन । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *