अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती जंगलमा फेला

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ६ गते।

शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ । शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् । विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *