कैलालीमा चोरीको २६ लाख भारतीय रुपैँया सहित तीनजना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष ६ गते

कैलालीमा चोरीको २६ लाख भारतीय रुपैँया सहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले गत कात्तिकमा भारतबाट चोरी गरेर ल्याएको २६ लाख सहित तीनजनालाई पक्राउ गरी मुद्दा चलाईएको जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ८ का एकेन्द्र भण्डारी,बर्दोगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको जानकारी दिए। उनीहरुलाई आज सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी रहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। अहिले सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा चलाईका तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाईने पनि प्रहरीले जनाएको छ। उनीहरु भारतको बैङ्लोरबाट रकम चोरी गरी भागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *