जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु, बम भएको आशंका

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष ७ गते।

जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ ।जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो ।बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै देखि सो क्षेत्रको अवागमन ठप्प बनेको छ ।उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *