हातखुट्टा भाँच्ने धम्की दिई रकम असुल्ने दुई व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ७ गते।

हातखुट्टा भाँच्ने धम्की दिई रकम असुल्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राईलाई प्रहरीले आइतबार बेलुकी कोटेश्वरबाट समातेको हो।  धिताल र राईले काठमाडौं उपत्यकामा व्यापारी र सर्वसाधारणलाई हातखुट्ट भाँची अङ्गभङ्ग गरिदिने धम्की दिँदै रकम असुल्ने गरेका थिए। सर्वसाधारणले गरेको गुनासोको आधारमा धिताल र देवानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।  पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखि थप अनुसन्धान भइरहेको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *