सुनसरीमा एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्समा सवार चेतबहादुर विष्टको मृत्यु

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, पौष ८  गते।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुदा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ ख ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो।  ठक्करबाट  एम्बुलेन्स चालकसहित चार घाइते भएका र  घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *