अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, पौष ९ गते।
सर्लाहीमा छुट्टाछुट्टै २ वटा ठाउँमा आगलागी हुँदा २ लाख ६० हजार भन्दा बढीको क्षति भएको छ ।सर्लाहीको रामनगर गाउँपालिका ७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब एक लाख ८० हजार बराबरको सामान जलेर नष्ट भएको छ।आगलागीबाट बैठाको पसलमा रहेको ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।त्यस्तै सार्लाहीको कौडेना गाउँपालिका ५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब ८० हजार बराबरको क्षति भएको छ।यसैबीच सर्लाहीको हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ। हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गरेका छन्।विद्युत चुहिएर आगलागी हुँदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । हरिवन नगरपालिकाले एक लाख रुपैयाँ घर बनाउन सहयोग गर्ने जनाएको छ।