मकवानपुरको इन्द्रसरोवर सडकखण्डमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष ११  गते।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको एसपी राठौरले बताए । यस्तै दुर्घटनामा र ५ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *