युवाहरुबिच भएको ग्याङ्ग फाइटमा छुटयाउँन पुगेका दुई जना युवालाई खुकुरी प्रहार गरि गम्भिर घाइते बनाए

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, पौष ११  गते।

मोरङको पथरीशश्चिरे नगरपालिका –६ दोलु शुक्रबारेमा युवाहरुबिच भएको ग्याङ्ग फाइटमा छुटयाउँन पुगेका दुई जना युवालाई खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।पथरी र बयरवनको युवाहरु बिच भएको ग्याङ्ग फाइटमा छुटयाउँन पुगेका पथरीशनिश्चरे नपा ६ का ३० वर्षिय प्रताव राई र सोही ठाउँका २५ वर्षिय विकास राई गम्भिर घाईते भएका हुन् । उनीहरु मामा भान्जा हुन् । प्रतावको विकास भान्जा हुन् ।युवाको समूहले खुकुरी प्रहार गरि प्रतावको शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते भएका विकासको देब्रे पाखुरामा खुकुरी प्रहार गरि नशा काटिएको चिकित्सकले जनाएको छ । उनीहरुको उपचार अहिले विराटनगरस्थित विराट नर्सिङ्ग होममा भइरहेको छ ।खुकुरी प्रहार गरि गम्भिर घाइते बनाउने सुनवर्षी नगरपालिका – १ का २५ विनोद बहादुर राई सोही ठाउँका २६ आकाश थापा, पथरीशनिश्चरे नपाका २३ वर्षिय बलिहाङ्ग लिम्बु र २६ वर्षिय याकुप लिम्बुलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । घटनामा संलग्न अन्य फरार छन् ।प्रहरीले उनीहरुको पनि खोजी कार्यलाई तिब्र बनाएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई बिहीबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योगमा म्यात थप गरि अनुसन्धान भइरहेको इलका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *