सिरहामा लागुऔषध सहित ४ जना पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, पौष ११  गते।

सिरहामा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवानानकरकट्टी गाउँपालिका–१ महुवाही बस्ने २२ वर्षीय मोहन राय, लहान नगरपालिका–१ बस्ने २६ वर्षीय मुकेश चौधरी, सोही ठाउँका १६ वर्षीय कमलेश चौधरी र लहान नगरपालिका–१५ बस्ने १७ वर्षीय प्रेम कुमार चौधरी छन् ।सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीमा बुधबार प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोली र सिरहाको लहान नगरपालिका–१ मुसहरी टोल स्थित इलाका प्रहरी कार्यालय लहानबाट बुधबार खटेको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प.६३२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रायको साथबाट लागुऔषध नाईट्रोभेट ७५ पिस ट्याबलेट, मुकेश चौधरी, कमलेश चौधरी र प्रेम कुमार चौधरीको साथबाट लागुऔषध फेनेरागन ५ एम्पुल, डाईजेल्याप ६ एम्पुल, नोर्फिन २ एम्पुल, नाम लेबुल नभएको लागुऔषध ५ एम्पुल, नाईट्राजिपाम १० ट्यावलेट, सिरिन्च थान २ बरामद भएको सिरहाका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *