अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १३ गते।
धनगढीमा कागजात किर्ते गरी सामान ढुवानी गरेको आशंकामा प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी चटकपुरको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार राति ट्रक नियन्त्रणमा लिएको हो।चटकपुरमै रहेको न्यू हरी ओम हार्डवयर एण्ड सप्लायर्सले शुभकामना सम्लायर्सको पान नम्बर प्रयोग गरी पप्प सेट पर्सा ढुवानी गरेको आशंकामा ना ५ ख ९६१६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।हरी ओम हार्डवयरले शुभकामना सप्लायर्सको कागजपत्र किर्ते गरी सामान ढुवानी गरेको भन्ने गुनासोका आधारमा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताउँदै कार्कीले अहिले नै किर्ते गरेको हो वा कुनै प्राविधिक समस्या हो भन्ने विषयमा खुल्न नसकेको बताए।हरी ओम हार्डवयरले ढुवानी गरिरहेको झण्डै सवा तीन लाखको पप्प सेट सहित नियन्त्रणमा लिईएको ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।