अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १४ गते।
कस्तुरीको विनासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गोंगबु नयाँबसपार्क बस्ने सुनसरीको रामधुनी नगरपालिका ७ का ३८ वर्षीय श्याम राईलाई आइतबार साँझ पक्राउ गरेको हो।चावहिल गणेशस्थानबाट पक्राउ परेका उनको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा कस्तुरीको विना बरामद भएको प्रहरीले जानकारी दिएको छ।शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहको महानगरीय प्रहरी वृत, गौशालाले जनाएको छ।