मन्दिरा अधिकारीको हत्या आरोपमा रमेश अधिकारी पक्राउ

अनलाईन न्युजपाटी,ताप्लेजुंग,समाचारदाता, पौष १४  गते।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका रमेश अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ । आईतवार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो । गत मंसिर १७ गतेदेखि वेपत्ता भएकी १९ वर्षीया अधिकारीलाई खोजी गरिदिन भन्दै उनको अभिभावकले मसिंर २३ गते फोटो सहित प्रहरीलाई निवेदन दिएको आधारमा खोजतलास गर्ने क्रममा सोहि गाउँपालिका ३ हाङ्पाङका रमेश अधिकारीलाई प्रहरीले गत पौष ९ गते पक्राउ गरेको थियो ।२७ वर्षिय अधिकारीलाई व्याक्ति बेपत्ता पारेको कसुरमा जिल्ला अदालत ताप्लेजुङबाट हिरासतमा राख्न म्याद थप गरि अनुसन्धान कार्य जारी रहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । फुँयालका अनुसार अभियुक्तले मन्दिरा अधिकारीको हत्या गरि तमोर नदिको पूलवाट नदिमा फालिदिएको स्विकारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *