अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १४ गते।
भारतबाट लागु औषध खैरो हिरोइन नेपाल ल्याउँदै गरेको अवस्थामा एक भारतीय सहित दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले जानकी गाउँपालिका १ को दुर्गौलीबाट तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी घर भएका ४६ वर्षीय सुनिल गुप्ता, लम्की चुहा नगरपालिका १ का ३६ वर्षीय राजु अवस्थी र लम्की कै २१ वर्षीय असलम कुरेसी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उनीहरूको साथबाट २० ग्राम ३२० मिलीग्राम खैरो हिरोइन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।प्रहरीले युपी ३१के८९७२ नम्बरको भारतीय मोटरसाइकल र अस्थायी नम्बर स्टेट २–०३–लम्की–००५ प ७७२६ भएको मोटरसाइकल पनि बरामद गरिएको छ।