नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १४  गते।

नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन्।नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो।सोलुखुम्बु सल्यान गाउँपालिका-१ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। कोइराला हाल भक्तपुर सूर्यविनायक-४ बस्थे। कोइरालालाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको छ।बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कोइरालामाथि छानबिन थालिएको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *