अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष १४ गते।
कञ्चनपुरमा सौतेलो बुबा माथि चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा चुनारालाई पक्राउ गरिएको जानकारी दिए। बालीकाको बलात्कारपछि हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले अनलाईन न्युजपाटीलाई बताए।बालिकाको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चुनारा मदिरामा लठ्ठ रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको छ।