अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष १४ गते।
तनहुँमा ठुलो मात्रामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन ।तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित ठाडो लाइनबाट आइतबार लागूऔषधसहित तीन जना पक्राउ परेको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ । पक्राउ पर्नेमा उमेश खड्का, उत्सव खड्का र जनक श्रेष्ठलाई रहेका छन । प्रहरीले उनीहरुको साथबाट ४२ थान डाइजेपाम, ट्रमाडोल १ हजार ५ सय ३५ थान, डिकफ १ हजार ६ सय ७२ थान लागूऔषध बरामद गरेको छ ।