अनलाईन न्युजपाटी,धनुषा,समाचारदाता, पौष १४ गते।
धनुषामा आईतबार घरमा पसेर एक महिला उपर चक्कु प्रहार गरिएको छ ।धनुषाको मिथिला नगरपालिका वडा नं. ८ जमुनिवास बस्ने एक महिला उपर घरमा पसेर बलपूर्वक चक्कु प्रहार गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिनुभयो । आईतबार दिउँसो करिब १:३० बजेको समयमा स्थानीय फूलमाया घिसिँग उपर चक्कु प्रहार गरेको जनाइएको छ । स्थानीय सँजीत थिँगा भन्ने सरद कुमार थिँगाले फूलमायाको घरमा गएर जथाभावी हो हल्ला गरेको तथा हो हल्ला किन गरेको भनेर सोधेपछि एकाएक चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । फूलमायाको घरमा पसेर अपशब्द प्रयोग गर्न थालेपछि अपशब्द किन प्रयोग गरेको, गाली किन गरेको भनेर सोध्दा एक्कासी चक्कु प्रहार गरेको प्रहरी नीरिक्षक यादवले जानकारी दिनुभयो । फूलमायाको हात तथा टाउकोमा चक्कु प्रहार गरी घाईते बनाएको हो । उनको उपचार भने स्थानीय स्तरमा भईरहेको जनाइएको छ । घटनाबारे अनुसन्धान थाल्दै आरोपी थिँगालाई पक्राउ गर्न प्रहरी सक्रिय भएको बताइएको छ ।