अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १४ गते।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चोरी भएका थप पाँच वटा मोटरसाइकल बरामद गरेको छ।विशेष सूचनाका आधारमा मकवानपुरका विभिन्न स्थानबाट चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले बताए।उनका अनुसार हालसम्म ३९ वटा चोरी भएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको उनले जनाए।‘हामी अनुसन्धान गर्दैछौं,राजधानीबाट चोरी भएका मोटसाइकल हामी अरू पनि नियन्त्रण लिने प्रयासमा छौं। हाम्रो कमान्डमा प्रहरीहरू परिचालित छन्’, उनले भने। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक सुशील केसीले प्रदेश नम्बर ३-०२-०३ प ८२०८ नम्बरको पल्सर बाइक, बा ८५ प ४४६५ नम्बरको निलो २२० सिसीको पल्सर , बा८५ प ५७२९ नम्बरको २२० सिसिको पल्सर,बा ९२ प ४९६१ नम्बरको २०० सिसिको एनएस पल्सर मोटरसाइकल बरामद गरिएको बताए ।