सरकार द्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने कार्य सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १५ गते।

सरकारले सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यकपर्ने स्यानेटरी प्याडको निःशुल्क वितरण शुरु गरेको छ। कतिपय जिल्लामा महिनावारी हुँदा छात्रा विद्यालय नआउने तथा क्रमशः कक्षा छाड्ने प्रवृत्ति देखिएकाले उनीहरुको नियमितता र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले यस्तो प्रबन्ध गरेको हो। सङ्घीय सरकारले सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुक स्यानेटरी प्याड वितरणका लागि कार्यविधि बनाइ शःसर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरेको छ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविबाट यस अभियानको शुभारम्भ गरे। मन्त्री पोखरेलले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानेटरी प्याडका लागि पठाइएको रकम अन्यत्र खर्च गर्न नपाइने कार्यविधि तय गरिएको बताउँदै प्याडको अभावमा छात्राको पढाइमा समस्या हुन नदिन आवश्यक प्रबन्ध गर्न स्थानीय तह र विद्यालयलाई आग्रह गरे। उनले साक्षर नेपाल अभियानका साथै सामुदायिक विद्यालयको सवलीकरणका लागि निःशुल्क पाठ्यपुस्तक वितरण, शिक्षक दरबन्दी मिलानलगायतका सुधारका लागि सरकारले नीतिगत पहल गरिरहेको पनि बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *