उतकृष्ट मेयरको उपाधी जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहलाई

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष १५ गते।

जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ ।

नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले सम्मानपत्र प्रदान गरेका थिए ।

जनकपुरधामका प्रमुख लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुखको रुपमा निर्वाचित भएपछि नगरको सडक फराकिलो बनाउन तथा जनकपुरधामलाई धार्मिक शहर बनाउनका लागि खेल्नु भएको भूमिका र नगरक्षेत्रको जनताको सेवामा देखाएको सक्रियता, आम नगरवासीको मन जित्नेगरि गुणस्तरीय विकास निर्माणको कामकाजलाई मध्यनजर गर्दै नगरप्रमुख साहलाई उतकृष्ट मेयरको उपाधीबाट सम्मान गरिएको प्रजिअ कंडेलले जानकारि दिए ।

नगरप्रमुख साहलाई यसभन्दा पहिले पनि जनकपुरधामको विकासमा योगदान पुरयाएको र नगरकार्यपालिकाको कर्मचारीहरुलाई राम्रो काम गर्न उतप्रेरित गरेको भन्दै उप-महानगरका कर्मचारीहरुले नगरप्रमुख साहलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *