तिन लाख बराबरको अबैध पाँच गोलिया काठ सशस्त्र प्रहरीद्धारा बरामद

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २१ गते।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलबारीबाट खटेको सशस्त्र प्रहरीको टोलीले पाँच गोलिया काठ बरामद गरेको छ । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक जयबहादुर महताको कमाण्डमा खटेको सशस्त्र प्रहरी टोलीले कैलारी गाउँपालिका–१ डम्मरा गाउँबाट पाँच गोलिया काठ बरामद गरेको हो । अवैध रुपमा बेचबिखनका लागि काठ लुकाइएको सूचनाको आधारमा सशस्त्र टोली डम्मरा पुगेको जनाइएको छ । बरामद काठ ७० क्युफिट अन्दाजी तीन लाख रुपैयाँ मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले जानकारी दिएको छ । बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *