अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, पौष २२ गते।
कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीले जिल्लाको बेलौरीबाट लागु औषध ब्राउन सुगरसहित गुनाल सुनुवारलाई पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय सुनुवारलाई सोमबार साँझ बेलौरी नगरपालिका– ८ स्थित भगवती ईटा उद्योग नजिकबाट पक्राउ गरिएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।सुनुवारको साथबाट १३.५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।