अनलाईन न्युजपाटी,डडेल्धुरा,समाचारदाता, पौष २२ गते।
डडेल्धुरामा मोटरसाइकल दुर्घटना भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ जोगबुडामा भएको मोटरसाइकल दुर्घटनामा परी २ जना घाइते भएका छन्।दुर्घटनामा मोटरसाइकल चालक आलिताल गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोगटी गम्भीर घाइते भएका छन। से७प ७४९० नम्बरको मोटरसाइकल पछाडी सवार स्थानीय नरेश नाथ भने सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए।जोगबुडा अस्पतालमा सामान्य उपचारपछि गम्भीर घाइते बोगटीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।