अनलाईन न्युजपाटी,डोटी,समाचारदाता, पौष २३ गते।
डोटीमा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीकी ८१ वर्षीय जमुनादेवि विष्ट मृत अवस्थामा फेला परेको डोटी प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।प्रहरीका अनुसार १६ गते सोही नगरपालिका वडानम्बर ५ स्थित बागठाटा नातनीको घर जान्छु भन्दै हिँडेकी थिइन। बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो। खोजिकार्यको क्रममा उनी मंगलबार दिउँसो बागठाटा सामुदायीक वनस्थित द्धारी खोलामा मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ।उनको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।