मालवाहक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु

 अनलाईन न्युजपाटी,सल्यान,समाचारदाता, पौष २६ गते।

मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। ट्रक सडकबाट झन्डै एक मिटर तल खसेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *