अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष २८ गते।
भन्सार पास बिना चलाईएको भारतीय नम्बरको कार प्रहरीले बरामद गरेको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बाट भन्सार पास विना चलाईएको एचपी २४ ए ९७९६ नम्बरको कार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।उनका अनुसार चटकपुरमा रहेको अस्थायी पोष्टमा रहेको गजेन्द्र चन्दको टोलीले सो कार बरामद गरिएको बताए ।