इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हत्या अभुयुक्त सातजना पक्राउ

अनलाईन न्युजपाटी,चन्द्रनिगाहपुर,समाचारदाता,माघ १ गते।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले हत्या अभुयुक्त सातजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा फरार रहेका सातजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । उनीहरुलाई चन्द्रपुर नगरपालिका १ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने सर्लाही जिल्ला बाग्मती नगरपालिका ९ घर भएका ५० वर्षीय जितबहादुर बलमपाखी मगरलाई कुटपिट गरेर हत्या गरी फरार रहेका सातजना पक्राउ परेका हुन् । मकवानपुरको बागमती गाउँपालिका २ बस्ने ३६ वर्षीय दान बहादुर ठाडामगर, १९ वर्षका टेकबहादुर ठाडा मगर, २६ वर्षका कृष्णबहादुर ठाडामगर, २२ वर्षका नविन ठाडामगर, २० वर्षका सुर्यबहादुर ठाडामगर, २६ वर्षका बिजय ठाडामगर भनिने बिनोद कुमार ठाडामगर र २२ वर्षका शेरबहादुर आले मगर पक्राउ परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । जितबहादुरलाई सातै जनाले मिलेर सोमबार राति कुण्ड भन्ने स्थानमा कुटपिट गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्घात कुटपिट गरी गम्भीर घाइते भएका जितबहादुरको चन्द्रनिगाहपुर स्थित अस्पतालमा उपचारका सोमबार रातिनै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *