नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच नयाँदिल्लीमा भेटवार्ता

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,माघ १ गते।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।बुधबार नयाँदिल्लीमा पौडेलले सिंहसँग भेटेका हुन्। भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गरेका छन्।सिंह सत्तारूढ भाजपाका पूर्वअध्यक्ष पनि हुन्। काठमाडौंका विभिन्न अस्पतालमा रक्तचाप परीक्षण गर्दा फरक– फरक अवस्था देखिएपछि पौडेल उपचारका लागि नयाँदिल्ली गएका छन्। सोही क्रममा पौडेलले राजनीतिक भेटघाट पनि गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *