ठगीको आरोपमा इटहरीको लक्ष्मी ज्वेलर्सका संचालक पक्राउ

अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता,माघ १ गते।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ६ का वीरेन्द्र विश्वकर्मालाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो।प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार विश्वकर्माले लक्ष्मी ज्वेलर्सको नाममा पासबुक बनाएर विभिन्न दस जनालाई ठगेको जाहेरी प्रहरीमा परेको थियो। ठगी मुद्दामा जाहेरी परेपछि विश्वकर्मालाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको थियो। पक्राउ पूर्जी लिएपछि विश्वकर्मालाई खोजी गर्ने क्रममा सोमबार बालाजुबाट पक्राउ गरिएको भण्डारीले बताए।ठगिनेहरूमा सालिकराम कट्वाल, तारा कट्वाल, कमला दाहाल, तुलसीप्रसाद घिमिरे, रमला लुइँटेल, गोपाल राई, रञ्जना निरौला, यसोदा दाहाल, सीतादेवी पोखरेल र हिरा ठाकुर छन्। उनीहरूसँग विश्वकर्माले चालीस हजारदेखि २३ लाख सात हजार रूपैयाँसम्म ठगेको भेटिएको भण्डारीले बताए। सबैभन्दा बढी सालिकराम कट्वालसँग विश्वकर्माले २३ लाख सात हजार रूपैयाँ उठाएको पाइएको छ।लक्ष्मी ज्वेलर्ससँग आर्थिक कारोबार गर्ने इजाजत छैन। पक्राउ परेका विश्वकर्मामाथि ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *