बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,माघ २ गते।

बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु भेटिएको छ । बुधबार राती विवादित जग्गामा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।शंकाष्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जनाइएको छ ।बुधबारै प्रतिबन्धित नेकपा विप्लव समूहले ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको थियो भने सो जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको थियो । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *