खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,माघ २ गते।

खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको छ ।बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र अवस्थामा छाडिएको स्थानीयले बताएका छन् । सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ ।अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता छन् ।‘अर्यालले यो मोटरसाइकल दशैंअघि नै यही नजिकैको दशमुरे खोलामा छाडेको थियो,’ स्थानीय मायानाथ अर्यालले भने, ‘कसले खोलामा पल्टाइदिएछ, यही गाउँका मान्छेले खोलाबाट उठाएर यता राखिदिए ।’ उक्त मोटरसाइकल सम्बन्धित निकायमा बुझाइदिन आग्रह गरे पनि नवराजले वेवास्ता गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *