ओडार र त्रिपालमुनी बस्न बाध्य महिलाहरु, छाउगोठ भत्काएपछि झन असुरक्षित

अनलाईन न्युजपाटी,अछाम,समाचारदाता,माघ ६ गते।

गाउँलाई छाउपडि गोठ मुक्त घोषणा गर्नका लागि गाउँका अगुवा महिलाहरुले गोठ भत्काइदिए पछि आफु गाँउ नजिकै रहेको ओडारमा बस्दै आएको गुनासो एक महिलाको छ। उनी जस्तै गाउँका अन्य महिला पनि छाउपडी गोठ भत्काएपछि कोही त्रिपालमुनी बस्दै आउका छन् भने केहीले जंगलको ओडार रोजेका छन्। बुढिनन्दा नगरपालिका वडा नम्वर ९ पाण्डुसेनमा २०७५ पुस २४ गते छाउगोठमा अम्मा बोहारा र उनका दुई छोराको ज्यान गएपछि जिल्लामा छाउगोठ भत्काउन सुरु गरिएको थियो। स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, प्रशासन, नागरिक अगुवाहरुको उपस्थितीमा छाउगोठ भत्काउने अभियानको थालनी भयो।

बाजुराको हिमाली गाउँपालिका–२ बस्ने रामकला बुडथापा छाउपडी गोठ बस्न लागेको १४ बर्ष भयो। महिनावारी भएको समय देखिनै उनी घर अलग्गै गोठमा बस्दै आएकी थिइन्। तर गाउँका अगुवा महिलाले छाउपडी गोठ भत्काएपछि अहिले महिनावारी भएको बेला उनी झन असुरक्षित भएकी छिन्।‘गोठ भत्काउने अभियान थालिएपछि महिलाहरु झन समस्यामा परेका छन्, पहिला गोठमा बस्दा त्यति समस्या थिएन्। अहिले ओडार र पालमा बस्दा झन समस्या भएको छ।’ बाजुराकी एक महिलाले भनिन्।  तर छाउगोठ भत्काएपछि अहिले महिनावारीको समयमा ओडार र पालमुनी बस्न बाध्य भएका छन्। मंसिरमा अछामको साफेबगर नगरपालिका ३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि छाउगोठ भत्काउने अभियाले झनै तिव्रता पायो।अछाम जिल्लामा मात्रै दुई हजार बढि छाउगोठ भत्काईएको छ भने सुदूरपश्चिमका सबै जिल्लामा पनि छाउगोठ भत्काईएको छ। तर छाउगोठ भत्काईएपछि अहिले महिलाहरु झनै असुरक्षित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *