अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,माघ ११ गते।
जर्मनीमा एक २६ वर्षीय पुरुषले आफ्नै परिवारका ६ जनाको गोली हानी हत्या गरेका छन् ।जर्मनीको दक्षिण पश्चिमी सहर रोट आम सीमा भएको घटनामा बन्दुकधारीले एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा बन्दुकधारीको आमाबाबुसहित अन्य चारको मृत्यु भएको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार मध्यान्ह १२:४५ बजे भएको घटनामा अन्य दुई जना घाइते भएको पनि जनाइएको छ ।