अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,माघ ११ गते।
बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुने धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ बर्षीय दील कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।