अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,माघ ११ गते।
मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । शुक्रबार राति १० बजेतिर भएको विस्फोटमा कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको एउटा बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको एसपी अधिकारीले जानकारी दिनुभयो । बम विप्लव समूहले राखेको शंका गरिए पनि अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।