पर्साको बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनी

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,माघ ११ गते।

पर्साको बहुदरमाई नगरपालिकामा तोडफोड र आगजनी भएको छ । बहुदरमाई नगरपालिकाको वडा नं. ३ स्थित रहेको श्री महाविर साह माध्यमिक विद्यालय नगरदाहाका विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् ।विद्यार्थीहरुले नगरपालिकाको ना. १ ब. २९०६ नम्बरको प्लसर मोटरसाइकल जलाउनुको साथै कार्यालयको फर्निचर तथा कागजपत्र समेत जलाइदिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । नगरपालिका कार्यालयको एक वटा मोटरसाइकल, ७ वटा डेक्सटप कम्प्युटर, एक सेट सोफा, टेबल, कुर्सी, सिसि टिभी क्यामरा र कागजपत्र विद्यार्थीहरुले जलाएको प्रहरी निरिक्षक सिंहले वताए ।विद्यार्थीहरुले नगर कार्यपालिका कार्यालयको दर्ता चलानी रजिष्टर लागतको कागजपत्र जलाएको उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *