अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,माघ १९ गते।
झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो ।मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रमम दुईजनालाई पक्राउ गरेको हो ।मामाघर बस्दै आएका युवक माघ ९ गते मे १० प ८६७५ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । विराटनगर आएका उनी विजय र अर्जुनसँग जोगवनी बजार पुगेका थिए । घटना सोही दिन भएको प्रहरीले जनाएको छ ।