कञ्चनपुरको लालझाडी गाउँपालिकामा वडा कार्यालय सार्ने विषयमा विवाद चर्कियो

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,माघ २० गते।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा वडा कार्यालय सार्ने विषयमा विवाद चर्किएको छ। जनप्रतिनिधीले शनिबार लालझाडी गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेको २४ घण्टा नबित्दै स्थानीय त्यस बिरुद्ध देखिएका छन्। डुङ्गा गाउँमा वडा कार्यालयको गाउँपालिका प्रमुख मदन सेन बडायकले शनिबार शिलान्यास गरेका थिए। यस अघि पनि गत कार्तिकमा गाउँपालिकाले वडा कार्यालय खोल्दा स्थानीयले बिरोध गरेका थिए। स्थानीयले अपायक पर्ने ठाँउमा वडा कार्यालय सार्न खोजिएको भन्दै गाउँपालिका प्रमुख मदन सेन बडायकको पुत्ला दहनदेखि साविक बल्मीमा रहेको वडा कार्यालय, गाउँपालिकामा तालाबन्दी गरेका थिए।स्थानीय र जनप्रतिनिधीविच सबैको पायक पर्ने ठाँउमा वडा कार्यालय बनाउने गत कार्तिकमा सहमती भएपनि वडा र गाउँपालिका कार्यालयमा लगाएको ताला खोलेका थिए। सहमती भएको तीन महिना वितिसक्दा पनि वडा कार्यालयका लागि जमिन नपाएको भन्दै गाउँपालिकाले ढुङामै वडा कार्यालयको शिलान्यास गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *