चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारे

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,माघ २० गते।

चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ।  कोरोना भाइरको उद्‌गम स्थल मानिएको चीनको वुहान शहरमा   १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा पठाइसकेको छ। अ स्पताल निर्माणमा चीनको सेनाले सहयोग गरेको थियो। १४ सय मध्ये ९५० जना साधारण तर्फका मेडिकल स्टाफ र चिनिया लिबरेसन आर्मीका ४५० जनालाई उक्त अस्पतालमा खटाइसकेको छ।गत जनवरी २३ बाट बनाउन शुरु गरिएको उक्त अस्पताल १ हजार बेड  रहेको चिनिया सञ्चारमाध्यमले  जनाएका छन्। १० दिनमा बनाएर उपचार शुरु गर्ने चीनको घोषणा अनुसार आजदेखि ‍औपचारिक रुपमा उपचार थाल्ने चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनले यस अघि सन् २००३ मा पनि बेइजिङमा यस्तै एक अस्पतालमा निर्माण गरेको थियो।  चीनको ३१ राज्यमा फैलिएको कोरोना भाइरसका कारण अहिले सम्म चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको जनाइएको छ। यसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ। हिजो मात्रै फिलिपिन्समा उक्त भाइरसका कारण एक जनाको मृत्यु भएको छ। भाइरको संक्रमण नेपालसहित २२ देशमा संक्रमण फैलिएको छ। 
 
   
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *