मोरङबाट अवैध सुनसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,माघ २१ गते।

मोरङ प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित उनलाई विराटनगरको रानी भन्सार गेटबाट  पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी  मान बहादुर राईले जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *