अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २६ गते।
कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भइरहेको ओमानविरुद्धको खेलमा अर्धशतक बनाउँदै उनी दुई अर्धशतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।ओपनर ज्ञानेन्द्रले २६औं ओभरको चौथो बलमा मोहमम्द नदिमलाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । जसमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ र दोस्रो विकेटका लागि पारस खड्कासंग ५९ रनको साझेदारी गरेका थिए ।