अन्ततः मन्त्री बास्कोटाले दिए राजीनामा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ८ गते।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका बास्कोटाले राजीनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई  जानकारी दिएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका सम्बन्धमा कमिशनका विषयमा स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग रकमका बारेमा गरेको कुराकानी बाहिरिएपछि बास्कोटामा विवादमा तानिएका थिए । ‘यस विषयमा औपचारिक पत्र आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले भने ।बाँस्कोटा १८ चैत ०७५ मा मन्त्रीमा नियुक्त भएका थिए । उपेन्द्र यादव नेतृत्वको सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटालाई गत २५ पुसमा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *