सहमति पश्च्यात आठौँ दिनमा लक्ष्मण थारुले अनसन तोडे

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,फाल्गुन ०९ गते।

१४ बुँदे माग लिएर धनगढीमा आमरण अनसनमा बसेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वा्चित सांसद रेसम चौधरी सहित ११ जना कैदीबन्दीहरुको रिहाइ लगाएको माग राख्दै फागुन १ गतेदेखि  अनशन बसेका थारुको आठौँ दिनमा बिहीबार असन तोडेका हुन् ।
उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए । जिल्ला स्थित विभिन्न राजनैतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन तोडेका हुन् । टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन तोडेको थरुहट  थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्ण कुमार चौधरीले अनलाईन न्युजपाटीलाई बताए ।
उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *