लागुऔषध ब्राउन सुगरसहित एक युवा आज पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,फागुन ९ गते।

लागुऔषध ब्राउन सुगरसहित एक युवालाई शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नरहाले सिरहा–चोहर्वा सडकखण्डको हनुमानचोकमा चेकजाँचको क्रममा नरहा गाउँपालिका ५ का २० वर्षीय इन्द्रजित यादवलाई पक्राउ गरेको हो । स–सानो प्लाष्टिकमा पोका पारेको अवस्थामा ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ४६ वटा स–सानो प्लास्टिकको पोकामा तयार पारीएको २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *